कर्णाली सरकारबाट एमालेले आफ्ना मन्त्री फिर्ता बोलाउने


नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले पुनर्वहाली भएका आफ्ना सांसदहरुलाई सरकारबाट फिर्ता बोलाउने भएको छ।

सर्वोच्च अदालतले पुनर्वहाली गरेका कर्णालीका ४ सांसदमध्ये ३ जना मुख्यमन्त्री महेन्द्रबहादुर शाही सरकारमा मन्त्री छन्।

कुर्मराज शाही भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, नन्दसिंह बुढा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र अम्मरबहादुर थापा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री छन्। उनीहरू माधवकुमार नेपाल पक्षका हुन्।

मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिन फ्लोर क्रस गरेका उनीहरुलाई वैशाख ४ गते मन्त्रीमा नियुक्त गरिएको थियो।

फ्लोर क्रस गरेपछि एमाले प्रदेश संसदीय दलको सिफारिसमा ४ जनालाई महाधिवेशन आयोजक कमिटीले सांसद र पार्टीबाट निष्काशन गरिदिएको थियो।

न्यायाधीश प्रकाशसिंह राउतको बुधबारको एकल इजलासले कारबाहीमा परेका प्रकाश ज्वालासँगै शाही, थापा र बुढालाई पुनर्वहाली गर्न अन्तरिम आदेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस्