बादलकी श्रीमती नैनकलालाई सञ्चारमन्त्री उपहार !


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रामबहादुर थापा ‘बादल’की श्रीमती नैनकला थापालाई सञ्चार तथा सूचना प्रविधिमन्त्री बनाउन लागेका छन् ।

बालुवाटार स्रोतका अनुसार थापा गृहमन्त्रीबाट हट्नुपर्ने अवस्था आएपछि उनकै सिफारिसमा प्रधानमन्त्री ओलीले श्रीमती थापालाई सञ्चार तथा सूचना प्रविधिमन्त्री बनाउन लागेका हुन् ।

माओवादी सशस्त्र आन्दोलनमा सहयोगी भूमिकामा रहेकी नैनकलाले यसअघि राष्ट्रय महिला आयोगमा अध्यक्षको भूमिका निर्वाह गरेकी थिइन् । नेकपा (माओवादी केन्द्र) छोडेर प्रधानमन्त्री ओलीकै सरकार नछोड्न नेकपा (एमाले)तिर लागेका थापाले आफू हट्नैपर्ने अवस्थामा पनि मन्त्री पद भने घरमै राख्न सफल हुने भएका छन् ।

त्यस्तै, वन तथा वातावरणमन्त्रीमा नारदमुनि राना, कृषिमन्त्रीमा ज्वालाकुमारी शाह, उद्योगमन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासनमन्त्रीमा गणेश पहाडीकाे नाम तय भएकाे छ।

रक्षा मन्त्रालय भने प्रधानमन्त्री आफैँले राखेका छन्।

त्यस्तै, प्रधानमन्त्री कार्यालय रहने गरी मोहन बाँनिया र वन राज्यमन्त्रीमा आशा विक रहेकी छिन्।

प्रतिक्रिया दिनुहोस्