प्रदेश २ : मन्त्रालय भागबण्डामा कुरा नमिल्दा माओवादी केन्द्र सरकारमा सहभागी भएन


जनकपुरधाम : जनता समाजवादी पार्टी नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्र सहभागी नहुने भएको छ।

प्रदेश २ सरकारको सत्ता साझेदारीमा नेपाली कांग्रेससहित माओवादी केन्द्रलाई सहभागी गराउने भनिए पनि मन्त्रालय भागबण्डामा कुरा नमिल्दा सरकारमा सहभागी नहुने भएको हो ।

माओवादी केन्द्रबाट वार्ताका कार्यदलमा सदस्य रहेका प्रदेशसभा सदस्य जगत यादवले दुईवटा मन्त्रालय दिने अनौपचारिक सहमति भए पनि एक मन्त्रालय मात्र दिने भनेपछि सरकारमा नजाने निर्णए दिएका बताए ।

सुरुमा उद्योग तथा पर्यटन र महिला तथा खेलकुद मन्त्रालय दिने अनौपचारिक निर्णय भएको थियो। केही समयमै दुई मन्त्रालय दिन नसक्ने बाताएपछि माओवादी केन्द्र सरकारमा सहभागी नभएको हो।

प्रतिक्रिया दिनुहोस्