गणतन्त्र र संघीयताका असली सूत्रधार ‘रअ’ र विदेशी हुन् : कमल थापा


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा स्थापित गणतन्त्र, संघीयता र र धर्मनिरपेक्षताको सूत्रधार विदेशी शक्ति भएको दाबी गरेका छन्। पछिल्लो समय ठूला राजनीतिक शक्तिमा तीव्र विवाद बढिरहेका बेला अध्यक्ष थापाले यस्तो बताएका हुन्।

गणतन्त्र र संघीयता ल्याएको एक दशकमै त्यसविरुद्ध वितृष्ण बढिरहेका बेला थापाले विदेशी शक्तिलाई सम्झिएका हुन्। उनले नेपालमा जस्तै सिक्किमका पनि लेन्डुप दोर्जेले जनताको अधिकार र प्रजातन्त्रका लागि राजा हटाएको दाबी गरेको स्मरण गरे।

‘लेन्डुप दोर्जेले पनि जनताको अधिकार र प्रजातन्त्रका निम्ति सिक्किमका दल-नेता-जनताले राजा हटाएको दाबी गर्थे’, उनले भने, भारतीय जासुसी संस्था‘रअ’ले उचालेर आफूहरूले त्यो काम गरेको सत्य उनले मृत्युशय्यामा रहेका बेला मात्रै पश्चातापसहित स्वीकार गरे।’

उनले नेपालको सत्य तितो भए पनि सिक्किमको जस्तै रहको बताएका छन्। ‘कतिपयलाई तितो लाग्न सक्छ। नेपालमा पनि गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता विदेशीले लादेका एजेण्डा हुन्’, उनले भनेका छन्, ‘विस्तारै रहस्योद्घाटन हुँदैछ। दल-नेता-जनतालाई निमित्त बनाइएको हो। असली सूत्रधार ‘रअ’ र विदेशी शक्ति हुन्।’

प्रतिक्रिया दिनुहोस्