वरिष्ठ अधिवक्ता त्रिपाठी महान्यायाधिवक्ता बस्ने लाइनमा बसेपछि…


काठमाडौं । संवैधानिक इजलासमा चिया ब्रेकपछि सुनुवाइ सुरू हुन लाग्दा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी इजलासको अघिल्लो लहरको कुर्सीमा बस्न पुगेपछि केहीबेर सुरक्षाकर्मीसँग भनाभन परेको छ । महान्यायाधिवक्ता बस्ने लाइनमा बसेपछि उनलाई त्यहाँबाट सुरक्षाकर्मीले उठाएको हो ।

सुरक्षाकर्मी बस्ने गरेको कुर्सीमा त्रिपाठी बस्न पुगेपछि उनलाई उठाउन खोज्दा सवाल-जवाफ भयो । केहीबेरमा कर्मचारी आएर उनलाई सो कुर्सी छाड्न आग्रह गरेपछि झोला छाडेर हिँडे ।

त्रिपाठीलाई त्यसपछि कुर्सी व्यवस्थापन गरेर पछिल्तिर राखिएको छ । त्रिपाठी महान्यायाधिवक्ताको लहरमा गएर बस्न खोजेका थिए ।

प्रायः हरेक विषयमा सरकारका विरुद्ध रिट दायर गरेर चर्चामा आइरहने त्रिपाठीलाई सुरक्षाकर्मीले हटाउँदा न्यायाधीश भने इजलासमा आइसकेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्