देउवालाई पाँच वर्षअघि ज्योतिषले गरेको भविष्यवाणीवारे चर्चा फेरी सुरु


यसपटक पनि मन्त्री बनेपछि शरदसिंह भण्डारीलाई उनका ज्योतिषले पाँच वर्षअघि गरेको भविष्यवाणीवारे चर्चा हुन थालेको छ । भण्डारीको परिवार निकट स्रोतले भन्यो ‘ज्योतिषले उहाँलाई १७ पटक मन्त्री बन्ने ठोकुवा गर्नुभएको थियो । पछिल्लो ठोकुवापछि उहाँ शुक्रबार मन्त्री बन्नुभयो ।’

अहिले १५ औं पटक मन्त्री बनेका भण्डारीलाई ज्योतिषको भविष्यवाणी मेल खान अब दुई पटक मात्र बाँकी रहेको बताइन्छ ।

उता नेपाली काँग्रेसका सभापति तथा भूतपूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि उहाँका ज्योतिषले कम्तिमा सात चोटी प्रधानमन्त्री हुने जोखाना रहेको धेरै वर्षअघि बताएको उहाँ आफैँले अघिल्लो निर्वाचनताका सार्वजनिक गर्नुभएको थियो ।

देउवा पनि चार पटक प्रधानमन्त्री बनिसक्नुभएको छ । अब उहाँ र भण्डारीलाई ज्योतिषको भविष्यवाणी मिलाउन दुई-तीन पटक फ्याट्ट प्रधानमन्त्री र मन्त्री बने पुग्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्