छोरी जन्मियुन् त भगवतीजस्ती


उदयपुर : आफन्त र दाजुभाइ नहुँदा कटारी नगरपालिका–५ बरमझियाका दुई जना दिदीबहिनीले सोमबार बुबाको मृत्युपछि आफैंले शवयात्रा गरी दाहसंस्कार गरेका छन् ।

स्थानीय ६० वर्षीय बालबहादुर मगरको मृत्युपछि छिमेकीले शव छुन नमानेपछि १७ र २० वर्षीया छोरीले नै दाहसंस्कार गरेका हुन् । यो कामले छोराको रट लगाउने रुढिग्रस्त समाजलाई गतिलो जवाफ मिलेको छ भने छोराछोरीको भेदभावलाई निर्मूल गर्न सहयोगी बनेको छ ।

बालबहादुर बसोबास गर्दै आएको बरमझियामा आफ्नो समुदायका आफन्त र दाजुभाइ छैनन् । दाजुभाइ र आफन्त नहुँदा स्थानीयले शव छुन नहुने भन्दै पन्छिए । शव नछुने तर अन्य सहयोग गर्ने भनेपछि १७ वर्षीया कुमारी र २० वर्षीया भगवती मगरले मगर संस्कारअनुसार शवयात्रा गरी तवाखोलाको घाटमा दाहसंस्कार गरेका हुन् ।

आफ्नै दाजुभाइ र अहिले आफ्नो आफन्त नभएकाले बुबाको दाहसंस्कार र काजकिरिया आफैंले गर्ने निर्णय गरेको कुमारी र भगवतीले बताए । ‘बुबाको हामी आफैंले शवयात्रा गरेर दाहसंस्कार गर्‍यौं’ उनीहरूले भने, ‘अब मगर संस्कार संस्कृतिअनुसार काजकिरिया पनि गर्छौंर्र् ।’ स्थानीय छिमेकी र आफ्ना समुदायको सहयोग रहेको उनीहरूले बताए ।

प्रतिक्रिया दिनुहोस्