जोर्डनसँग नेपाल ३-० ले पराजित


एसियाली विश्वकप छनोटको समूह ‘बी’ मा नेपाल जोर्डनको हातबाट सोमबार ३–० ले पराजित भएको छ । कुवेत सिटीको जबर अल–अहमद इन्टरनेसनल स्टेडियममा भएको खेलमा नेपालले जोर्डनलाई ठूलो अन्तरको जित निकाल्नबाट रोक्न सफल भए पनि यो नतिजाले एसियाकप छनोट तेस्रो चरणमा प्रवेशका लागि गाह्रो भएको छ ।

जोर्डनलाई विश्वकप छनोटमा कायम रहन यो भन्दा ठूलो अन्तरको जित आवश्यक थियो । यो नतिजापछि नेपाल ६ अंकमै सीमित रहेर समूहको चौथो स्थानमा रह्यो । चिनियाँ ताइपेई भने शून्य अंकमा अन्तिम स्थानमा रहेको छ । छनोटमा कुल आठ समूह रहेका छन् र त्यसको चौथो स्थानमा रहने उत्कृष्ट चार टिमले एसिया कप छनोटको तेस्रो चरण खेल्नेछ । चौथो स्थानको अन्तिम चार रहने टिमले प्लेअफ खेल्नेछ ।

अब नेपालले शुक्रबार समूहको शीर्ष स्थानमा रहेको अस्ट्रेलियाको सामना गर्नेछ । त्यस खेलसँगै नेपालको विश्वकप २०२२ को छनोट यात्रा टुंगिनेछ । नेपालले अब एसियाकप छनोट तेस्रो चरण अथवा एसियाकप छनोट प्लेअफ खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्