नेपाल विरुद्ध जोर्डन (प्रत्यक्ष प्रसारण)


काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट चरण अन्तर्गत सातौं खेलमा जोर्डनको सामना गर्दैछ । खेल कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रसारण गरिरहेको छ ।

कान्तिपुर टेलिभिजनको वेबसाइट (यहाँ थिच्नुहोस) मा पनि खेलको प्रत्यक्ष प्रसारण हेर्न सक्नुहुनेछ ।

नेपाल बाहिर रहनुभएका दर्शकले कुवेतको स्थानीय च्यानलबाट खेल हेर्न सक्नुहुनेछ । यहाँ थिच्नुहोस

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले केहि रक्षात्मक रणनीति अपनाउँदै टोलीमा परिवर्तन गरेका हुन् । अघिल्लो खेलबाट सुनिल बल, आशिष लामा र गौतम श्रेष्ठ टोलीबाट बाहिरिएका छन् । जोर्डनविरुद्ध अभिषेक रिजाल, दीनेश राजवंशी र विकास खवास टोलीमा आएका छन् ।

गोलरक्षकमा कप्तान किरण चेम्जोङले नै निरन्तरता पाएका छन् । डिफेन्समा अनन्त तामाङ र रोहित चन्द छन् । विंगब्याकमा विकास खवास र दिनेश राजवंशी रहेका छन् । सुमन अर्यालले मिडफिल्डमा स्थान बनाएपनि रक्षात्मक रुपमा उनले साथ दिनेछन् । खेलमा भने सुमन अर्याल लेफ्ट ब्याकमा रहेर विकासले डिफेन्सको बीचमा खेल्ने सम्भावना पनि छ ।

पुजन उपरकोटी र सन्तोष तामाङले सेन्टर मिडफिल्ड सम्हाल्नेछन् । आक्रमणमा सुमन लामा र अभिषेक रिजाल रहेका छन् । यी दुईले अन्जन विष्टलाई आक्रमणमा साथ दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्