मन्त्री पद गुमेपछि सरकारी निवासबाट शुटकेस बोकेर मोटरसाइकल चढेर बाहिरिए जितेन्द्र सोनल


जनकपुरधाम । प्रदेश-२ को भौतिक पूर्वाधार विकास मन्त्रीबाट बर्खास्तीमा परेका जितेन्द्र सोनलले सरकारी निवास ‘मधेस भवन’ छाडेका छन् ।

बर्खास्तमा परेको भोलिपल्ट सोमबार विहानै नबित्दै सोनलले सरकारी निवास छाडेका हुन् । उनले ‘मधेस भवन’बाट शुटकेस बोकेर मोटरसाइकल चढेर बाहिरिएका छन् । सोनल झोला बोकेर सरकारी निवासबाट बाहिरिएको तस्बिर सामाजिक संजालमा राखेर उनका स्वकीय सचिव रमेश सर्राफले लेखेका छन्, ‘मधेसका बेटा हार नहीं मानेगा ।’

मन्त्री सोनलले सरकारी गाडी पनि फिर्ता गरेका छन् । आफूलाई मन्त्री बनाउने अध्यक्ष महन्थ ठाकुर तथा नेताहरुप्रति कृतज्ञताका साथै मन्त्री पदमा रहँदा सहयोग गर्नेहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले अगामी दिनमा मधेस र प्रदेशका हितमा काम गरिरहने प्रतिबद्धतासमेत जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्