प्रदेश-१ सरकारबाट माओवादीले लियो समर्थन फिर्ता


विराटनगर । नेकपा माओवादी केन्द्रले प्रदेश-१ सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेशसभाको बजेट अधिवेशनको अघिल्लो दिन माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन कायम थियो ।
तर आइतबारबाट समर्थन फिर्ता लिएको छ ।
माओवादी केन्द्रले समर्थन फिर्ता लिएपनि प्रदेश १ को सत्ता समीकरणमा कुनै असर पर्ने छैन् । प्रदेशमा नेकपा एमालेको स्पष्ट बहुमत छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक प्रतिनिधिसभा विघटन गरेपछि तत्कालीन नेकपाको माधव नेपाल र प्रचण्ड समूहले पुस १२ गते मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको थियो ।

फागुन २३ गते सर्बाेच्च अदालतले नेकपा एकता भङ्ग गरिदिएपछि चैत २३ गते माओवादी केन्द्रले अविश्वासको प्रस्ताव फिर्ता लिएको थियो ।

१५ दिन अगाडि प्रिबजेट छलफल गर्नुपर्ने कानूनी व्यवस्थालाई अध्यादेशमार्फत संशोधन गरेपछि सरकारले बोलाएको बजेट अधिवेशन सोमबार दिउँसो २ बजे बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्