अहिलेजस्तो न्यायालयमाथि राज्यको हस्तक्षेप कहिले भएको थिएन : वरिष्ठ अधिवक्ता भट्टराई


काठमाडौं । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले अहिलेजस्तो न्यायालयमाथि राज्यको हस्तक्षेप कहिले नभएको बताएका छन् ।
संवैधानिक इजलासमा उनले यस्तो बताएका हुन् ।

“न्यायालयमाथि अहिलेजस्तो कार्यपालिकाको हस्तक्षेप कहिले भएको थिएन,” उनले भने, “यो भनेको जुडिसियल अब्स्ट्र्याक्सन हो । यसलाई एउटा राम्रो आदेशबाट हल गर्नुपर्छ । यस्तो अवस्थाले न्यायपालिकाको गरिमा रहन सक्छ ?”

‘कार्यपालिकाबाट न्यायपालिकालाई धम्की दिइएको छ, प्रक्रियागत आधारमा अस्ति भएको आदेशमाथि प्रश्न उठाइएको छ । जब अदालती प्रक्रियामा सरकारले विश्वास गर्दैन भने त्यो देशको न्यायपालिकाको हालत के हुन्छ ?’ भट्टराईले प्रश्न गरे ।

उनले कार्यपालिकाले संविधानको किताब च्यातेर ध्वस्त बनाएको र अहिले न्यायालय विघटनतर्फ लागेको गम्भीर आरोप लगाए ।

‘आज निवेदन अर्कै भएपनि सकारी वकिलले कुन प्रक्रिया अन्तर्गत बहस गरे ? न्यायपालिकाले कार्यपालिकाको यो गतिविधिलाई टुलुटुलु हेरेर बस्न मिल्दैन,’ भट्टराईले भने ।

प्रतिक्रिया दिनुहोस्