एमाले माधव नेपाल पक्षको स्थायी कमिटी बैठक आज बस्दै


काठमाडौँ । नेकपा एमालेको माधव नेपाल पक्षका स्थायी कमिटीको बैठक आज दिउँसो बस्दै छ । दुई केन्द्रीय कमिटीको दुई दिने बैठकलगत्तै नेपाल पक्षले शनिबार स्थायी कमिटीको बैठक बोलाएको हो।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले सरकारमा राजपालाई भित्र्याएर ब्यापक रुपमा मन्त्रिपरिषद् हेरफेर गरेको भोलिपल्टै बैठक बस्न लागेको हो। बैठक दिउँसो १ बजे बस्ने छ।

बिहीबार र शुक्रबार गरी दुई दिनसम्म चलेको नेपाल समूहका केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकले अध्यक्ष केपी शर्मा ओली पक्षसँग वार्ताको ढोका खुल्ला राख्ने तर वार्ता धेरै नलम्ब्याउने निचोड निकालेको थियो। निश्चित समयमा पनि पार्टी एक नभए वारपार गरेर अघि बढ्न उनीहरुले नेतृत्वलाई दबाब दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्