नवनियुक्त पर्यटनमन्त्रीद्वारा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न समिति गठन, जनकपुरमा दिपावली


काठमाडौं । नवनियुक्त पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले कार्यभार सम्हालेका छन् ।

पद बहाली गर्दै मन्त्री अरगरियाले जनकपुरको रामजानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्ने बताए ।

साथै मन्त्री अरगरियाले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न अध्ययन गरि आवश्यक सिफारिस सहित प्रतिवेदन पेश गर्न पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमको संयोजकत्वमा समिति गठन गरेका छन् ।

 

जनकपुरमा दिपावली
अरगरिया मन्त्रीमा नियुक्त भएपछि जनकपुरमा दिपवाली मनाइएको छ । मन्त्री पदको शपथ लिएलगत्तै समर्थक यूवाले जनकपुरको भानुचोकमा दिप प्रज्वलन गरी खुशियाली मनाएका हुन् ।
उनि उपेन्द्र यादव नेतृत्वको तत्कालिन संघीय समाजवादी पार्टीबाट धनुषा क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

राजपा र समाजवादी पार्टी मिलेर बनेको राजपामा विभाजन भएपछि उनी महन्थ ठाकुर पक्षमा लागेर मन्त्री बन्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्