खोसियो ईश्वर पोखरेलको उपप्रधानमन्त्री पद


प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा ईश्वर पोखरेललाई निरन्तरता नदिने भएका छन् । ‘पार्टी संकट समाधानका लागि पूर्ण तबरले त्यतै केन्द्रित गराउने उद्देश्यले सरकारको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय प्रधानमन्त्रीको रहेको बताइएको छ ,’ ।

पोखरेल सरकारमा नरहने भएपछि एमालेबाट विष्णु पौडेल र रघुवीर महासेठ उपप्रधानमन्त्री बन्ने भएका छन् । पौडेल अर्थ मन्त्रीसहित उपप्रधानमन्त्री हुनेछन् भने रघुवीर परराष्ट्र मन्त्रालय सहित उपप्रधानमन्त्री हुने तय भएको स्रोतले जनाएको छ।

त्यस्तै शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्