अस्पताल र स्वास्थ्यकर्मीको सुरक्षाका लागि अध्यादेश जारी गर्ने मन्त्रिपरिषद्को निर्णय


काठमाडौं । सरकारले अस्पताल र स्वास्थ्यकर्मीको सुरक्षाका लागि अध्यादेश जारी गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ संशोधन अध्यादेश जारीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

कार्यस्थलमा हुने आक्रमणका घटनालाई निमिट्यान्न तुल्याइ स्वास्थ्यकर्मी निर्वाधा सेवामा संलग्न हुन पाउन र अस्पतालमाथि सुरक्षाको प्रत्याभूत होस् भनेर अध्यादेश जारी गर्न लागिएको सरकारले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्