६८२५ कोरोना संक्रमित थपिए, ७५ जनाको मृत्यु


काठमाडौं– गत २४ घण्टामा कोरोना संक्रमणबाट ६८२५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८५६२ जनाको पीसीआर र ३२११ जनाको एन्टीजेन गरी २१७७३ जनाको परीक्षण गर्दा ६८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा ५९०४ जना संक्रमणमुक्त भएका छन् । सोही अवधिमा ७५ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

गत २४ घण्टामा काठमाडौंमा १६३०, भक्तपुर १२९ र ललितपुरमा २९८ जना गरी २०५७ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्