एमाले र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्ध प्रान्तीय तह सम्म विस्तार गर्नुपर्छ : पोखरेल


काठमाडौं । नेकपा एमाले र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई प्रान्तीय तहसम्म विस्तार गर्न नेकपा एमालेका नेता तथा पूर्वमन्त्री आनन्द पोखरेलले प्रस्ताव गरेका छन् ।

बिहीबार चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागले दक्षिण एशिया र दक्षिणपूर्वी एशियाका मुख्य राजनीतिक दलका युवा नेताहरूसँग गरेको वेभिनार बैठकमा नेपालको तर्फबाट प्रमुख वक्ता रहेका पोखरेलले दुई पार्टीबीचको सम्बन्धलाई केन्द्रबाट तलसम्म विस्तार गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘नेपालको कम्युनिष्ट गतिविधिको अनुभवबाट सिकेका, सीपीसी र नेकपा एमालेले नेपालको विकास आन्दोलन र वैचारिक मित्रताको सुदृढीकरणका लागि एकसाथ काम गर्नुपर्दछ। साझेदारीले केन्द्रीदेखि प्रान्तीय तहसम्म विस्तार गर्नुपर्दछ।’ पाकिस्तान, मलेसिया, श्रीलंका र नेपालको युवा नेताहरूसँग सीपीसीले महामारीको बेला युवा उद्यमशीलता र व्यवसायिक विकासको बारेमा छलफल आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्