अक्सिजन प्लान्ट जडानका लागि बिना मगरद्वारा २० लाख प्रदान


काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य, पूर्वखानेपानी मन्त्री बिना मगरले को’रोना संक्रमणका कारण भैरहेको अक्सिजनको अ’भाव पूर्ति गर्नका लागि २० लाख रकम प्रदान गरेकी छन्।

कञ्चनपुर निर्वाचन क्षेत्र नं.१ बाट प्रतिनिधि सभा सदस्य रहेकी पूर्वखानेपानी मन्त्री मगरले स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तरगतको सांसद कोषको रकमलाई रकमान्तर गरेर अक्सिजन आपूर्तिका लागि सहयोग गरेकी हुन्। उक्त रकम बेलौरी नगरपालिकामा निर्माण हुने अक्सिजन प्लान्ट निर्माणसँगै सोही क्षेत्रमा आवश्यक अक्सिजन सिलिण्डर खरिदमा खर्च गरिने छ।

बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, लालझाडी गाउँपालिका र बेलडाडी गाउँपालिकाले बेलौरीमा अक्सिजन प्लान्ट निर्माण गर्ने निर्णय गरेका छन्। चार वटा पालिकाहरुको यहि योजनामा पूर्वमन्त्री मगरले सहयोग गर्ने भएकी हुन्। जिल्ला सदरमुकाम दक्षिणी भेगबाट टाढा पर्ने भएका कारण अक्सिजनको छिटो र सहज आपूर्तिका लागि प्लान्ट निर्माण गर्ने निर्णयमा पालिकाहरु पुगेका छ।

को’रोना संक्रमणको महामारीका बेला जनताहरुलाई अक्सिजनको अ’भाव नहोस् भन्नका लागि अक्सिजन आपूर्तिका लागि सहयोग गरेको भन्दै पूर्वमन्त्री मगरले आवश्यकताअनुरुप थप सहयोग गर्ने बताएकी छन्। आफैं को’रोना संक्रमणको चvपेटामा परेका कारण समयमै रकम पठाउन नसकिएको भन्दै स्वास्थ्य संस्थाहरुमा हुने स्वास्थ्य सामग्रीहरुको आपूर्तिका लागि समेत आफू लागि परेको बताइन्।

प्रतिक्रिया दिनुहोस्