साथ र सम्बन्धहरू चुँड्ने अधिकार नियतीलाई मात्र रहेछ : पूर्वराजा ज्ञानेन्द्र


तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश हुने गरी घटना भएको आज २० वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते राति दरबार भित्रै राजारानीसहित राजपरिवारका सदस्य र आफन्तको ह-त्या भएको थियो।

आजको दिन सम्झिँदै पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्ना दाजु र उनका परिवारप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जाल ट्विटरमार्फत उक्त चोट कहिले भुल्न नसकिने बताएका छन्।

‘एक यस्तो हृदयका चोट, जसलाई कहिले भुल्न सकिन्न। साथ र सम्बन्धहरू चुँड्ने अधिकार नियतीलाई मात्र रहेछ। अनुत्तरित प्रश्नका उत्तरहरू पाउनका लागि अझै समयले कति कोल्टे फेर्नुपर्छ कसैलाई थाहा छैन। प्रिय दाजू र उनका परिवार प्रति हार्दिक श्रद्धाञ्जली’ उनले टुइट गर्दै लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्