एमाले स्थायी कमिटी बैठक स्थगित, भोलि बस्ने
आज बोलाइएको नेपाल कम्युनिष्ट पार्टी एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ।
प्रधानमन्त्री एंव एमाले अध्यक्ष केपी शर्मा ओलीले दिउँसो ४ बजेका लागि बोलाएको स्थायी कमिटी बैठक स्थगित भएको हो। अर्को बैठक भोलि दिउँसो ४ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको एक नेताले जानकारी दिए।
पछिल्लो समय एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग संवाद अघि बढाएका छन्।
यसअघि मंगलबार पनि एमाले स्थायी कमिटी बैठक बसेको थियो। ओली पक्षीय स्थायी कमिटी सदस्यहरूमात्र उपस्थित उक्त बैठकले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको थियो।