विवेकशील साझाका नेता उज्वल थापाको निधन


काठमाडौं । विवेकशील साझा दलका नेता उज्वल थापाको निधन भएको छ । उनको उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो ।४४ वर्षीय थापालाई कोरोना र निमोनिया देखिएकोमा सोमबार कोरोना नेगेटिभ आएको थियो।

थापालाई यसअघि ग्राण्डी र ह्याम्स अस्पतालमा पनि उपचार गरिएको थियो। कोरोना संक्रमित भएर दुई सातादेखि उपचार गराइरहेका विवेकशील साझा पार्टीका पूर्वसंयोजक तथा विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाका लागि २४ घन्टामा ५० लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग संकलन भएको छ।

उनलाई चिकित्सकहरूको सल्लाहमा भेन्टिलेटरभन्दा अत्याधुनिक उपचार आवश्यक देखिएपछि त्यसका लागि आर्थिक सहायता माग गर्दा उक्त रकम संकलन भएको हो। संकलितमध्ये आधा रकम विदेशमा बस्नेहरूबाट र बाँकी आधा नेपालभित्रैबाट उठेको देखिन्छ।

अहिलेसम्म विदेशमा बस्नेहरूबाट ‘गोफन्डमी’ मा खोलिएको खातामा २२ हजार २ सय ९१ अमेरिकी डलर र नेपाली बैंक खातामार्फत् २६ लाख ५० हजार रुपैयाँ संकलन भएको थापाको परिवारबाट शनिबार जारी विज्ञप्तिमा उल्लेख छ। अहिलेलाई यो रकम पर्याप्त भएकाले आर्थिक संकलन बन्द गरिएको विज्ञप्तिमा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्