एसईई आन्तिरिक मुल्यांकन बिधि अनुसार, प्रताव मन्त्रिपरिषद्मा लैजाने तयारी


काठमाडौं : शिक्षा मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा एसईई आन्तिरिक मुल्यांकन बिधि अनुसार गराउन प्रताव मन्त्रिपरिषद्मा लैजाने भएको छ ।

सोमबार बसेको मन्त्रालयको बैठकले उक्त परीक्षाको आन्तरिक मुल्यांकन विधि बाटै गराउन प्रस्ताव राख्ने शिक्षा मन्त्रीका प्रेस संयोजक ईश्वरराज ढकालले जानकारी दिए । उनका अनुसार मन्त्रालयको बैठकले आन्तिरिक मुल्यांकन विधि अर्थात गत बर्षकै विधि अनुरुप गराउने प्रस्ताव मन्त्रिपरिषद्लाई पठाउने निर्णय गरेको बताए ।

गत बर्ष विद्यालयको पधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी तीन सदस्यीय मुल्यांकन समिती गठन गरी पहिलो त्रैमासिक अवधिको मुल्यांकन १० प्रतिशत, दोस्रो त्रैमासिक अवधिको मुल्यांकन ३० प्रतिशत र शैक्षिक सत्रको अन्त्यसम्ममा निर्धारित सबै विषय बस्तु मुल्यांकन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्