प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक


काठमाडौं । सोमबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बेलुकी ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

आज बस्ने मन्त्रिपरिषद्को नियमित बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । बैठकमा कोभिड–१९ लगायतका विषयमा छलफल गरेर थप निर्णय लिने बताइएको छ ।

प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँग छलफल गरिरहेका छन्। प्रधानमन्त्री ओलीसँग सरकारमा सहभागी हुने विषयमा उनीहरुबीच छलफल भइरहेको बतायएको छ ।

प्रतिक्रिया दिनुहोस्