राष्ट्रपति भण्डारीले बेलायती महारानीलाई यस्तो पत्र


लण्डन । नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायती महारानी एलिजाबेथ द्धितियालाई पत्र लेख्दै कोरोनाभाइरसको महामारी नियन्त्रणकाे लागि सहयोग मागेकी छिन् । राष्ट्रपति भण्डारीले महारानी एलिजाबेथ द्धितियालाई पत्र लेखेर खोपको लागि सहायता गर्न आग्रह गरेकी हुन् ।

कोरोनाभाइरसको चपेटामा नेपाल परेको भन्दै ारष्ट्रपति भण्डारीले त्यसको नियन्त्रणको लागि लगाइने खोपको सहायता गर्न आग्रह गर्दै पत्र लेखेकी हुन् । लण्डनस्थित नेपाली राजदूतावासका अनुसार राष्ट्रपतिको पत्रलाई आइतबार बेलायती बिदेश मन्त्रालयमा बुझाइएको छ ।राष्ट्रपति भण्डारीले यसअघि भारत, चीन, रुस, अमेरिकालाई पनि खोपको लागि सहयोग गर्नको लागि पत्रचार गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्