योजना आयोगका नौ पूर्वउपाध्यक्षले भने-अध्यादेशबाट बजेट नल्याऊ


राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुले सरकारलाई पूर्ण बजेट नल्याउन आग्रह गरेका छन्।

९ जना पूर्वउपाध्यक्षहरुले आज एक विज्ञप्ति जारी गर्दै कामचलाउ हैसियतमा रहेको सरकारले अत्याधिक ऋण लिने तथा राजस्वका दरहरु परिवर्तन गर्न नहुने भन्दै सचेत गराएका छन्।

संसद विघटनको मुद्दा अदालतमा विचाराधिक रहेको सन्दर्भमा अहिलेको सरकारले अध्यादेशबाट स्वच्छेचारी बजेट ल्याउन नहुने उनीहरुको धारणा छ।

चुनाव लक्षित लोकप्रिय कार्यक्रम ल्याएर दीर्घकालमा अर्थतन्त्रमा गम्भिर क्षति हुने काम नगर्न उनीहरुले आग्रह गरेका छन्।

पृथ्वीराज लिगर,जगदिशचन्द्र पोखरेल, शंकर शर्मा,पीताम्बर शर्मा,दिनेशचन्द्र देवकोटा,दीपेन्द्रबहादुर क्षेत्री,गोविन्दराज पोखरेल, मिनबहादुर श्रेष्ठ र स्वर्णीम वाग्लेले विज्ञाप्ति जारी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्