माधव नेपाललाई ओलीले ईतिहासमै समाप्त गरिदिन्छन् : मोहन बस्नेत


काठमाडौं, ३१ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतले सबैतिरबाट माग आएकोले कांग्रेसले सरकार बनाउनको लागि पहल गरेको सुनाए । तर, सरकार बनाउने कुरामा कांग्रेसले पहिले नचाहेको स्पष्ट पारे ।

हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले एमालेका नेता माधव कुमार नेपाललाई प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले ईतिहासमै समाप्त गरिदिने दाबी गरे ।

उनले आगामी चुनावसम्म माधव नेपालले ठूलो धक्का महशुस गर्ने संकेत गरे । उनले कांग्रेस सरकारको लागि लिप्त भएर कहिल्यैपनि नलागेको जिकिर गरे । उनले आफ्नो पार्टी लोकतान्त्रिक पार्टी भएकोले उपयुक्त समयमा उपयुक्त कदम चालेको पनि स्मरण गराए ।

प्रतिक्रिया दिनुहोस्